वीरगंज ३ गते फाल्गुन
पर्सा प्रहरीले सिमानाका हुने अवैध गतिविधि रोक्न कडाई गरेपछि अहिले बाराको विभिन्न नाकाहरुवाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ।
बारा जिल्लाका विभिन्न नाकाहरुवाट सस्थागत रुपले हुँदै अाएको तस्करी केही दिन बन्द रहे पनि सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख एवम डिआईजी गणेश ठाडा मगरले बारा जिल्लामा सशस्त्र प्रहरीद्वय अशोक साह र सागर झालाई घुमुवा परिचालन गरि तस्करहरु संग मोटो रकम असुली गरेको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख गणेश ठाडा मगरले हेडक्वाटरको निर्देशन विपरीत सशस्त्र प्रहरी हव्लदार अशोक साह र सागर झालाई घुमुवा परिचालन गरि बारा जिल्लावाट व्यापक रुपम तस्करी गराउनको लागि छुट दिएका छन्।
सशस्त्र प्रहरी डिआईजी मगरको घुमुवाहरुको मार्फत नै बारा जिल्लाका मटिआर्वा ,जोतपुर,बसतपुर,तिलकुवा,कचौरवा,गोलागंज ,खजानी , पथलवाघाट , सिम्रौगंढ, गोलागंज ,क्वोहिगोठी ,छतवा लगाएतका नाकाहरुवाट अहिले ठुलो मात्रामा तस्करी हुँदै छ।
डिअाईजी मगरको घुमुवाहरु मिलोमतोमा
गोलागंज नाकावाट तस्करी कपडाको तस्करी गर्ने भोला संदीप शयामसुन्दर , उमेश, हाडयेवर व्यापारी उपेन्द्र , मास्टर , पिपरपाती नाकावाट कपडाको काम गर्ने मिश्रीलाल , बेलदारी नाकावाट कपडाको काम गर्ने खेन्ना र लालबाबु र मटिअार्वावाट रामअयोध्या , प्रेम किराना , मनाङ्ग कपडा व्यापारी छतवा नाकावाट कपडा , जुत्ता चप्पल व्यापारी भोला लगाएतको तस्करहरुले घुमुवाहरु मार्फत डिआईजी साहेब नाऊंमा अाफुहरुले रकम दिदै आएको नाम छाप्रने सर्तमा एक कारोबारीहरुले बताएका छन्।
त्यसै गरि यीद्वय घुमुवाहरुले माथि नाऊ रहेका तस्करहरु शीत डिआईजीको नाऊमा मात्र नभई सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाको भाग समेत यिनीहरुले तस्करहरु संग मोटो रकम असुली गरि थापा सम्म पुर्याउने गरेको स्रोतले दाबी गरेको छ।
सशस्त्र प्रहरीका हेडक्वाटरको निर्देशन विपरीत घुमुवा परिचालन गरि तस्करी गराएपनि केही कार्यबाही नहुने कारण के यस्ता भ्रष्ट अधिकारी मार्फत सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ ।✍️ कृष्ण यादव
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

