राष्ट्रिय दैनिक / नवलपरासी , ३ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले ब्यराेजगार ब्यक्ति सुचिकरणका लागि पालिकाकाे बासिन्दालाई सुचना निकालेको छ।
सरावल गाउँपालिकाका बेरोजगार युवालाई राेजगारी दिन र बेरोजगारीको समस्या न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १०० दिनकाे राेजगारमा सुचिकृत हुन पालिका अध्यक्ष राधेश्याम चाैधरीले अनुरोध गर्नुभएको छ।

राेजगारीकाे हक सम्बन्धि एेन २०७५ काे दफा ११ राेजगारी हक सम्बन्धि नियमावली २०७५ काे नियम ७ र प्रधानमन्त्री राेजगार कार्यक्रम सन्चालन निर्देशिका २०७५ काे दभा १८ बमोजिम अार्थिक राेजगार सेवाकेन्द्रकाे समन्वयमा प्रदान गरिने १०० दिनकाे न्युनतम उमेर समुहका बेरोजगार नेपाली नागरिक सुचिकृत भए राेजगार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिनुभएको छ।
१०० दिनकाे न्युनतम राेजगारमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा याेगदान गर्न इच्छुक बेरोजगार नेपाली नागरिकले फाल्गुन १ गतेदेखि फाल्गुन मसान्तसम्म अाफ्नाे स्थायी बसाेबास गरेको स्थानीय तहकाे वडा कार्यालयमा पारिवारिक विवरण सहित सुचिकृत हुन अध्यक्ष चाैधरीले अाग्रह गर्नुभएको छ।

सुचिकृत हुनकाे लागि नागरिकताकाे फाेटाेकपि , पासपोर्ट साइजकाे फाेटाे ,बिवाहितकाे हकमा विवाह दर्ता तथा निवेदन सहित समयमै सुचिकृत हुन अध्यक्ष चाैधरीले अाग्रह गर्नुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

