बुटवल / ३ फाल्गुन
लुम्बिनी प्रदेश सरकारले आज मंगलबार प्रदेश स्थापना दिवस मनाउदै छ ।
स्थायी राजधानी दाङको देउखुरीमा मनाउने स्थापना दिवसको कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्तिहरू, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र आमन्त्रण गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
सूचना अधिकारी कमान सिंह थापा मगरका अनुसार स्थापना दिवसको तयारी पूरा भएको र सबै मन्त्री तथा प्रदेश प्रमुख दाङ पुगेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरूले गरेको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने उनले बताए ।
प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भएपनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो ।१७ महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ ।
स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

