राष्ट्रिय दैनिक / नवलपरासी , २ फाल्गुन
पश्चिम नवलपरासीको परासीमा आज साँझ आगलागी हुदाँ लाखौंको क्षति भएको छ ।
रामग्राम नगरपालिका वडा नम्बर ५ कालिका टोल स्थित दुईतले घरमा साँझ करिब पौने ८ बजे आगलागी भएको हो ।

आगलागीबाट एग्रोभेट पसल र फेन्सी पसलका सामान जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आगलागीबाट यदुवंशी फेन्सी स्टोरको रु ३० लाख बराबर र सनम एग्रोभेटको करिब रु ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

दुवै नया पसलमा आगलागी हुनुको कारण खुल्नसकेको छैन। नेपाल प्रहरी,नेपाली सेना र शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको हाे ।
रामग्राम नगरपालिकाको दमकलमा आएको समस्याका कारण आगो नियन्त्रणमा लिन नसकेपछि बर्दघाट नगरपालिकाबाट आएको दमकललाई स्थानीयले तोडफोड गरेका थिए ।बर्दघाटको दमकलको सिसा फुटेको छ भने चालक दुर्गा लामिछाने सामान्य घाइते भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

