Rashtriya Dainik

सरावलमा नेपाल निजामती कर्मचारी युनियनद्वारा अधिकृत ज्ञवालीलाई स्वागत

राष्ट्रिय दैनिक / नवलपरासी , २ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियनद्वारा स्वागत कार्यक्रम गरिएको छ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष राजन बस्यालकाे अध्यक्षता तथा नव अागन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीकाे प्रमुख अातिथ्यतामा स्वागत कार्यक्रम गरिएको हाे ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष राजन बस्यालले नवअागन्तुक प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई टिका तथा फूल माला लगाई कार्यकारी अधिकृतलाई स्वागत गरेका थिए । त्यसै गरी उपस्थित सबै कार्यसमितिले फूल र खादाबाट नवआगन्तुक कार्यकारी अधिकृतलाई स्वागत सम्मान गरेका थिए । 

स्वागत समारोहमा अध्यक्ष बस्यालले सबै मिलेर सरावलको चौतर्फी विकासको गति बढाउनु पर्ने अबको यात्रा रहेको बताउनुभएको थियो ।

त्यस्तै कार्यकारी अधिकृत ज्ञवालीले कर्मचारी र स्थानीयको सहयोग र समन्वयमा सरावल गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित