वीरगञ्ज २ फागुन । सांसद् प्रदीप यादवले वीरगञ्जम एउटा मन्दिरको लोकार्पण गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को बदननगरको स्कुल रोडस्थितत प्राण प्रतिष्ठा महायज्ञ सर्वकल्याणकारी राम जानकी मन्दिरको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद् यादव प्रदीप यादवले लोकार्पण गरेका हुन् ।
सर्वकल्याणकारी राम जानकी मन्दिर संरक्षण समितिका अध्यक्ष राजु राज गिरीको सभापतित्वमा भएको कार्यक्रममा सांसद् यादव र प्रदेश सांसद् जनत अन्सारीले संयुक्त रुपमा मन्दिरको लोकार्पण गरेका थिए ।
लोकार्पण कार्यक्रममा बोल्दै सांसद् यादवले नेपाल पौराणिक र लोक आस्थाको देश भएको बताए । आफुले पहल गरेर निर्माण भएको मन्दिर लोकार्पण गर्न पाउँदा खुशी र गर्वान्वित महसुस भइरहेको बताउँदै सांसद् यादवले मन्दिरबाट जिल्लामा पर्यटकीय रुपले पनि उपलब्धि हुने बताए । “आफ्नो धर्म, आस्था र संस्कृतीसँग प्रत्यक्ष रुपमा जोडिएको मन्दिरको लोकार्पण गर्न पाउँनु आफैमा एउटा सौभाग्य पनि हो । आज मैले यस्तो सौभाग्य प्राप्त गरेको छु,” उनले भने ।
सांसद् यादवले आफ्नो पहलमा प्रदेश सरकारबाट १५ लाख रुपैयाँको बजेट उपलब्ध गराएपछि मन्दिर निर्माणको काम सुरु भएको थियो ।
विगत २७ वर्षदेखि मन्दिर बनाउन स्थानीयहरुले संघर्ष गरिरहेको बेला सांसद् यादवको पहलमा प्रदेश सरकारबाट १५ लाख रुपैयाँ र स्थानीय सरकारको केहि सहयोगमा कुल ४५ लाखको लागतमा निर्माण भएको संरक्षण समितिका अध्यक्ष राजु राज गिरीले जानकरी दिए ।
कार्यक्रममा प्रदेश सांसद् जनत अन्सारी, डा. रविन्द्र सिंह, राजेश सर्राफ, सन्तोष सह गुप्तालगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

