२ फागुन, चितवन ।
मुग्लिन-नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् । उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुश्बु घाइते भएका छन् ।
प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो ।
अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

