Rashtriya Dainik

एमाले बुद्धभूमि ४ मा टोल कमिटि गठन

कपिलवस्तु/फागुन २ गते
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेकपा एमालेले टोल कमिटि गठन गरेको छ । साविक बुड्डी गाविसका साविकका वडा नम्बर ३,४, ५र ७ मा टोल कमिटि गठन भएको छ ।
साविक वडा नम्बर ३ मा सुन्दर विक्रम सेनर वडा नम्बर ४ मा फता बहादुर जिएम अध्यक्ष्तामा टोल कमिटि गठन भएको वडा नं. ४ को वडा कमिटि सचिव सुशील चौधरीले बताउनु भयो । कार्यक्रम वडा कमिटि अध्यक्ष केशर बहादुर सेन वलीको अध्यक्ष्ता र जिल्ला कमिटि सदस्य नरहरी भट्टराईको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
यसै गरी सोमवार साविकका वडा नं. ५ र ७ मा टोल कमिटि गठन भएको छ । ५ नम्बरको अध्यक्षमा बलराम कँडेल र ७ मा अम्मर राज आचार्य अध्यक्ष चयन हुनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित