वीरगंज १ गते फाल्गुन
सिमानाका हुने गरेको तस्करी अहिले बारा जिल्लामा सिमानाकाका मुख्य जिम्मवारी पाएको सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ।
बाराको जिल्लाका मटिअार्वा ,जोतपुर,बसतपुर,तिलकुवा,कचौरवा,गोलागंज ,खजानी , पथलवाघाट , सिम्रौगंढ, गोलागंज ,क्वोहिगोठी ,लगाएतका नाकाहरुवाट अहिले ठुलो मात्रामा तस्करी हुँदै छ।
एैनि हाऊ पैसा कमाऊनको लागि बारा जिल्लामा अाएका सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले बारा जिल्लामा तस्करी गराउनको लागि बिओपीहरु र घुमुवाहरु मार्फत नजराना बुझि व्यापक रुपमा तस्करी गराउनको लागि छुट दिएका छन् ।
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख गणेश ठाडा मगरले हेडक्वाटरको निर्देशन विपरीत सशस्त्र प्रहरी हव्लदार अशोक साह र सागर झालाई घुमुवा परिचालन गरि बारा जिल्लावाट व्यापक रुपम तस्करी गराउनको लागि छुट दिएका छन्।
गोलागंज नाकावाट तस्करी कपडाको तस्करी गर्ने भोला संदीप शयामसुन्दर , उमेश, हाडयेवर व्यापारी उपेन्द्र , मास्टर , पिपरपाती नाकावाट कपडाको काम गर्ने मिश्रीलाल , बेलदारी नाकावाट कपडाको काम गर्ने खेन्ना र लालबाबु र मटिअार्वावाट रामअयोध्या , प्रेम किराना , मनाङ्ग कपडा व्यापारी छतवा नाकावाट कपडा , जुत्ता चप्पल व्यापारी भोला लगाएतको तस्करहरु संग डिआईजी र एसपीको नाऊमा लाखौं रुपैया असुली गरि बुझाएको स्रोतले जनाएको छ।
त्यसै गरि यीद्वय घुमुवाहरुले माथि नाऊ रहेका तस्करहरु शीत डिअाईजीको नाऊमा मात्र नभई सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाको भाग समेत यिनीहरुले तस्करहरु संग मोटो रकम असुली गरि थापा सम्म पुर्याउने गरेको स्रोतले दाबी गरेको छ।
यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

