Rashtriya Dainik

रोहिणी र ओमसतिया गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

भैरहवा, २ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएका थिए । त्यस्तै ओमसतियाका अध्यक्ष राहुल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।

त्यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीप कुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन् । ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसतिया उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनीहरुलाई एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सचिव छबिलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने लगायतका नेताले पार्टीमा प्रवेश गराएका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित