ज्ञानेश्वर सहानी /नवलपरासी/ ०१ फागुन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ०४ बैरिहवामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ ।
आज एक औपचारिक कार्यक्रम बिच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले सेवा कार्यालयको उद्घाटन गरेकी हुन् । जिल्लाको रामग्राम नगरपालिका वडा न.४ बैरिहवाँमा स्थापित सेवा कार्यालयको, समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेको मन्त्री ढेंगामगरले कार्यालयमा राखिएको शिलालेख अनावरण र मुल धोकाको रिबन काटेर यातायात सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेकी हुन् ।

सो क्रममा मन्त्री ढेंगामगरले आगामी दिनमा यस सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरणको समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरिन् । उनले यस सेवा कार्यालयलाई व्यस्थित गर्न आवश्यक जनशक्ति, स्रोतसाधनको व्यवस्थापन गरि छिटोछरितो सेवा प्रवाह गराउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा मन्त्रालयका सचिव दिपकराज नेपालले सेवा कार्यालय खुलेको जिल्लाबासीहरुलाई शुभकामना दिदै यसै जिल्लाबाट सेवाग्राहीहरुले छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरेको थियो ।
यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राहीहरु सेवा लिन भैरहवा र बुटवल जाने गर्दथे तर आजदेखि जिल्लामै सेवा कार्यालय खुलेपछि अब बाहिर जिल्ला धाउनु पर्ने बाध्यता हटेको र जिल्लाबासीहरु निकै खुशी भएको रामग्राम नगरपालिका वडा न.४ का अध्यक्ष मदन यादवले बताए भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

