Rashtriya Dainik

उखु किसानकाे भुक्तानी तत्काल गर्न उखु उत्पादन कृषक समितिकाे माग

राष्ट्रिय दैनिक / नवलपरासी , १ फाल्गुन

उखुको नयाँ क्रसिङ सिजन सुरु हुन लाग्दा गत वर्षकै वक्यौता नपाएपछि उखु उत्पादन कृषक समितिले उखु किसानकाे भुक्तानी तत्काल गर्न माग गरेको छ।

कृषकहरूकाे वक्यौता रकम तत्काल भुक्तानीको माग राख्दै उखु उत्पादन कृषक समितिले अाज एक प्रेस विज्ञप्ति जारी गरेको छ।

नवलपरासीमा भुक्तानी समस्याकाे कारण बर्सेनि उखु उत्पादनमा कमि हुदै गइरहेको र झन्डै चिनिमा अात्म निर्भर भैसकेको देश गैर जिम्मेवार उद्योगपतिहरुकाे कारण पुन परनिर्भर हुने अवस्था सिर्जना भइरहेको उखु उत्पादन कृषक समिति अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भएको छ।

यसै जिल्ला अन्तर्गत रहेको इन्दिरा सुगर एण्ड एग्राे इन्डसटिज गंगापुर विगत ३ बर्षदेखि बन्द रहेको बताउदै अझै २ कराेड भन्दा बढी रकम किसानलाई तिर्नुपर्ने अध्यक्ष यादवले बताउछन ।

राज्यले उक्त उद्योगका सन्चाल राकेश अग्रवाल ठगि मुद्दामा थुनामा राखेर कार्वाही प्रक्रिया अघि बढाउदा तुरुन्त भुक्तानी गर्ने सर्तमा उनलाई जिल्ला अदालत नवलपरासीबाट थराैटी राखी थुना मुक्त गरेपनि पिडित हालसम्म भुक्तानी नपाएको भन्दै सराेकारवाला गम्भीर भइ उद्योगपतिलाई पुन थुनामा राखेर पिडितलाई भुक्तानी गराउन भन्दै प्रेस विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।

साथै विगत बर्ष ०७७/०७८ मा नेपाल सरकारले निर्धारण गरेको दररेट अनुसार प्रति क्विन्टल ८ रुपैयाँ बागमती चिनि उद्योग कुडियाले हालसम्म भुक्तानी नगरेको हुदा करिब ४० लाख बाकी भुक्तानी गराउन सराेकारवालासंग जाेडदार माग गरिएको छ। तत्काल भुक्तानी नभए किसानहरुले मिल सन्चालनमा अवराेध गर्ने र अवराेधबाट सृजना हुने परिस्थितिबाट क्षतिपूर्ति मिलले अाफै बेहोर्नुुुपर्ने चेतावनी समेत दिनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित