संजय कुशवाहा /नवलपरासी २९ माघ
पश्चिम नवलपरासीमा मोटरसाईकल दुर्घटनामा हुदा दुई जना गम्भिर घाईते भएका छन् । झुलनीपुर त्रिबेणी भित्री सडकखण्डमा शनिबार प्रतापपुर गाउँपालिका वडा न. ७ सुर्यपुरा स्थित सवारी दुर्घटना हुदा प्रतापपुर वडा नं. ६ डिबनी बस्ने अन्दाजी ३५ वर्षिय राजेश केवट गम्भिर घाईते भएका छन् ।
भारतीय सीमातर्फबाट उत्तर तर्फ जादै गरेको युपी ५६ ए यल १५१४ भारतीय नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको लु २ प २०५४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा केवट गम्भीर घाईते भएका हुन् । घाईते केवटलाई उपचारको लागी मेडिकल कलेज भैरहवा पठाईएको छ । उनकाे अवस्था गम्भिर रहेकाे जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।
अर्को मोटरसाईकल चालक नाम वतन नखुलेको गम्भिर घाईते भएका ब्यकिको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भइरहेको छ । दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

