राजन कुमार बानिया
पर्सा २९ माघ
अार एम केडिया अाँखा अस्पताल परवानीपुर र छिपहरमाई गाउँपालिकाको सहयोगमा र सभ्य सामुदायिक तालिम केन्द्र पर्साको आयोजनामा आज एक दिने निशुल्क अाँखा शिबिर पर्साको छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकीमा सम्पन्न भएको छ। अाँखा शिबिरमा प्रमुख अतिथी रहनु भएका गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले भने भौतिक बिकासको साथै मानव बिकासको पनि जरुरी रहेको छ। मानव जीवन रक्षामा सबै भन्दा महत पुर्ण अाँखा रहेको छ । अाँखा भएको बेला अाफ्नो छोरा छोरी हरु चिन्न छोडिरहेको छ, अाँखा नभए को बेला कोले चिन्न त्यसै कारण छोराको भुमिका खेलेर जेस्टनागरिक हरुको अाँखा चेकजाँच गराई मोतियाबिन्दु रोगी हरुको सल्यक्रिया गराने बताए। अाँखा शिबिरमा मोतियाबिन्दु भएका लाई अाफ्नो सवारीमा बसाएर लगी अप्रेसन गराई घर समम पुर्याउने र खाना बस्ने ब्यवस्थापन गरिने अध्यक्ष गुप्ताले बताए । स्वास्थ्य केन्द्र टिहुकी सेढामा आयोजना गरिएको निशुल्क अाँखा शिविरमा ४ सय ३५ जनाले आँखा चेकजाँच गराएका थिए।
जस मध्ये २ सय ४ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाकाले जनाएको हो । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियोे । निशुल्क अाँखा शिबिरमा मोतियाबिंदु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने अायोजक संस्थाले जनाएका छन।
निशुल्क अाँखा शिबिर छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकीका वडा अध्यक्ष महेन्द्र प्रसाद कलवारको अध्यक्षतामा समपन्न भएको थियो। निशुल्क अाँखा शिबिरमा केडिया अँखा अस्पतालका चिक्तिसक ,रासदेव साह, संतोष साह,राजेश अधिकारी,चनरमन पटेल लगायतले अँाखाका चेकजाँच गरेको थियो।अाँखा शिबिर मा वडा स्दसय बासुदेव साह,
, अमोद कुमार केवट ,पत्रकार लालबाबु बानिया, लगायतको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

