Rashtriya Dainik

सियारीमा साइकल वितरण

तुलसीराम पौडेल /सियारी, माघ २९
रुपन्देहीको सियारी गाउपालिका -३ हर्नैया स्थित जंगहत्था माध्यमिक विद्यालयका छात्राहरुलाई गुणस्तरीय शिक्षा प्रोत्साहन स्वरुप साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ। जंगहत्था माध्यमिक विद्यालयको आयोजना र सियारी गाउपालिकाको सहयोगमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको हो।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले शिक्षा नै हाम्रो ठुलो सम्पत्ति भएकोले शिक्षा आर्जनमा कोही पनि छुट्न नहुने बताउनु भयो ।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले विद्यालयलाई अगाडि बढाउन हामी सबै जिम्मेवार भएकोले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो । साइकल वितरण कार्यक्रम अन्तरगत २०७४ सालको एस .इ मा उत्कृष्ट ४ जना छात्रा ,कक्षा -९ का १५ जना र कक्षा १०का १६ जनालाई साइकल वितरण गरिएको थियोे ।
सियारी गापा -३ का वडा अध्यक्ष घिसन अहिरको अध्यक्षता, विद्यालयका निमित्त प्रधानाध्यापक देवी कुमारी सोमैको स्वागत मन्तव्य ,शिक्षक रमेशकुमार सिहको संचालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार श्रीराम यादव ,ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक उग्रसेन पासवान लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित