दोरेन्द्र खड्का / बझाङ
बझाङ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले बझाङका आयोजनाको निरिक्षण गरेका छन् । शनिबार बझाङको सदरमुकाम तथा सेती पारि रहेको पानकोट जडारिगाड सडक खण्ड, सुर्मा सडक, पातिहाल्ना तलकोट सैपाल हुम्ला सडकखण्ड लगाएतका सडकको निरीक्षण गरेका हुन् ।मन्त्री सोडारीले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यलयहरुको समेत अनुगमन गर्नुभएको छ ।
बझाङ जिल्लास्थित पूर्वाधार विकास कार्यालयल लगाएतका कार्यालयका प्रमुखसँग आयोजना कार्यन्वयनबारे जानकारी लिएका छन् । अनुगमनको क्रममा आयोजना दुर्त गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशनसमेत दिएका छन् ।अहिले योजनाका कामहरु निरन्तर भइरहेकाले आवश्यकता अनुसार जिल्लामा अरु योजनाहरुको पनि माग अनुसार बजेट विनियोजन गरिने बताएका छन् ।
उक्त अनुगमन टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री सोडारी, सुदूरपश्चिम प्रदेश अर्थराज्य मन्त्री माया तामाङ बोहरा र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरु रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

