रोशन खड्का /बझाङ
थुक्क सरकार करार माग्दै आफ्नो मान्छे राखी पदपुर्ती पूरा गरछस । कति सम्मको मनोमानी हो स्वास्थ क्षेत्रमा पनि ? कहिले सम्म आखिर ?
हुदा हुदा हालै संघ र कर्णाली प्रदेशको मनोमानी पाठ्यक्रम ढङ्गले राखियो ।पढाउदा खेरी नै IQ GK भुगोल देशको लाजनिक पढाउनु पर्थ्यो नि ? हुन त
छोटे राजाहरुले चलायको देश हो जुन 10 class फेल वालापो परे अब स्वास्थकर्मी ले GK ,IQ ,भुगोल, गाउँ खाने कथा , गणित जानेर बिरामीको उपचार गर्नुपर्ने । उपचार गर्दा खेरी नि भुगोल अनुसार उपचार गर्नु पर्ने अनि IQ अनुसार बिधि अपनाउदै गणित को सुत्र use गरेर उपचार गर्नु भने जस्तै ।
कठै मेरो देश । यो त सरासर अन्याय भएन र सरकार ।
कहि नभको जात्रा हाडी गाउँमा अहिले नै समय मिल्यो पाठ्यक्रम परिवर्तन गर्न ? छोटो समयमा जीवन सजह बनाउन एक अति आवश्यक पार्ट “स्वास्थ ” सम्बन्धि कोर्स उत्तीर्ण गरि सदुपयोग गर्न नपाउनु सरकार को निकै कमजोरी छ । हामी middle class परिवार को छोराछोरीले आफ्नो घर मा बाउ आमाको उमेर भर कमाइको समप्ती , जग्गा जमिन , बेच्दै बैसाख जेठ् महिनाको तातो घाममा गिट्टि कुटि कुटि , बैंकबाट ऋण लग्दै पढेको के यस्तै होला भनेर हो त सरकार ? किन कानमा तेल हाल्दै बसेका छौ टाउके हरु ।किन सुनेर पनि नसुने जस्तो गर्ने नालाय्क सरकार ? स्वास्थ क्षेत्र मा कोटा भैइभैइ के करारमा आफ्नै मान्छे राख्न कै लागि लुकाछीपि कहिले सम्म नालायक सरकार र बुद्धिजीवी भनाउदा हरु ।
पछिल्लो समयमा स्वास्थकर्मी माथी गरिएको नमिठी व्यबहार बढ्दै छ।
रिक्त कोटाहरु खुल्ला रुपमा माग गर्दैन के हामी माथी अन्याय गर्न खोजेकै हो ? लाखौ जनता विभिन्न दुर्गम ठाउँमा बन्चित छन । उनीहरुको जीवन कत्तिको पिडादयी हुन्छ भन्ने कुरा सहर मा हुनेले कहिले बुझ्न सक्दैन ।बिक्ट क्षेत्र कै लागि सोही ठाउँ मा को उत्पादक जनशक्तिको खाचो छ । हुन त मेरो देश मा स्वास्थ मात्र नभैइ अरु क्षेत्रमा पनि उत्तिकै मनोमानी छ तर स्वास्थ प्रमुख हो ।समय समयमा विभिन्न महामारी आउदा पनि स्वास्थकर्मी थल्न नसक्ने वेलावेला मन्त्री र झुन्डहरु थप्न भने मजाले जाने को छ ।आखोर सति ले सरापेको देश न पर्यो । स्वास्थ कर्मी ले भोग्दै आयको अन्याय अत्यचारको बिरुद्द एकता भैइ आवाज उठाउनु पर्ने समय देखियको छ । यस्तो सरकार लाई पाखा लाउनै पर्छ हैन भने फेरि फेरि यस्ता समस्या को बारम्बार सिकार बन्नु पर्ने देखिन्छ ।आशा राखौ पीडा छिट्टै बुझ्ने छ
आशा छ करार कर्मचारी भर्ना हटाउने छ ।
लोकसेवा को पाठ्यक्रम परिवर्तन हुने छैन ।
#जय_देश
#जय_स्वास्थ्यकर्मि
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

