राष्ट्रिय दैनिक / नवलपरासी , २८ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कर्मचारी मिलन केन्द्रद्वारा स्वागत कार्यक्रम गरिएको छ।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष नरेश काेहारकाे अध्यक्षता तथा नव अागन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीकाे प्रमुख अातिथ्यतामा स्वागत कार्यक्रम गरिएको हाे ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष नरेश काेहारले टिका तथा फूल मालाबाट कार्यकारी अधिकृतलाई स्वागत गरेका थिए । त्यसै गरी उपस्थित सबै कर्मचारीले फूल र खादाबाट नवआगन्तुक कार्यकारी अधिकृतलाई स्वागत सम्मान गरेका थिए ।

स्वागत समारोहमा कर्मचारी मिलन केन्द्रका अध्यक्ष काेहारले सबै मिलेर सरावलको चौतर्फी विकासको गति बढाउनु पर्ने अबको यात्रा रहेको बताउनुभएको थियो ।

त्यस्तै कार्यकारी अधिकृत ज्ञवालीले कर्मचारी र स्थानीयको सहयोग र समन्वयमा सरावल गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

