विनोद निगम/ नवलपरासी/२८ माघ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाल मैत्री स्थानीय शासन अवलम्बन गर्न बाल श्रम तथा बाल विवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम त्रिभुवन माध्यामिक विद्यालयबाट सुरु भएको छ।
प्रतापपुर गाउँपालिकाको आयोजना तथा उत्तम सहयोगी समाज संस्था नवलपरासीको सहजीकरणमा गाउँपालिकामा बढ्दो बाल श्रम तथा बाल विवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम त्रिभुवन माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक आत्मरामको अध्यक्षता तथा प्रतापपुर गाउँपालिकाका प्रवक्ता एवम् वार्ड नं ०९ का वार्ड अध्यक्ष हेमन्त पञ्जीयारको प्रमूख अतिथिकतामा सुरु भएको छ।
कार्यक्रममा त्रिभुवन माध्यामिक विद्यालयका बाल मैत्री सहजकर्ता दीपक शर्मा ,पत्रकार विनोद निगम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तीन चरणमा गरिने सहजीकरण संस्थाका कार्यक्रम सह-संयोजक इमरान अलिले जानकारी दिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

