Rashtriya Dainik

लोसपा पोखरीयाका नगर अध्यक्ष राजु साह तेलिको नेतृत्वमा जसपा नेपालमा पार्टी प्रवेश गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पोखरीयाका नगर अध्यक्ष राजु साह तेलिको नेतृत्वमा सम्पूर्ण कमिटी सहितका नेता कर्याकर्ताहरुले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने भएको छ ।

लोसपाले ओलिका मतियार भएर मधेसको भवना बिपरित क्रियाकलापमा सक्रिय भई बिधिबिधान बाहिर हिसाबले पार्टी संचालन गरेकोमा पार्टी छोडनु परेको छ ।
आफुहरु मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरि मधेसको लागि लडाइ गरेको हो र बाकी अधिकारको लडाई लडनु पर्ने भएकोले सो को एक मात्र विकल्प जसपा रहेकोले आफुहरु लोसपा परित्याग गरि जसपा प्रवेश गर्न लागेका छौ साहले भने ।

लोसपा पोखरीयाका नगर अध्यक्ष राजु साह तेलिको नेतृत्वमा अगुवा नेता कार्यकर्ता सङ्ग विभिन्न चरणमा हाम्रा पार्टीका पालिका, जिल्ला र केन्द्र तहमा नेताहरू सङ्ग कुरा भई सकेको र पोखरीया नगरपालिकामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका केन्द्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले स्वागत गर्ने कार्यक्रम तय हुन लागेको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी गराए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित