उमेश बि.क / नवलपरासी , २८ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत तथा विदाई गरिएको छ।
कार्यालयमा शुक्रबारबाट हाजिर हुनु भएका नव अागन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई औपचारिक स्वागत गरिएको छ भने प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पाैडेललाई सम्मान सहित विदाई गरिएको हाे।

सरावल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा रहेर गरेकाे कार्यहरुको उच्च मुल्यांकन गर्दै मायाको चिनो तथा खादा ओढाएर अधिकृत बुद्ध प्रकाश पाैडेललाई सम्मान तथा बिदाई गरिएको हाे।

स्वागत तथा विदाई कार्यक्रममा शुभकामना दिदैं सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा बुद्ध प्रकाश पाैडेल आएपछि गाउँकार्यपालिकाले गरेको निर्णयलाई कार्यन्वयन गर्न महत्वपूर्ण भुमिका निर्बाह गरेको तथा कार्यसम्पादनमा महत्वपूर्ण भुमिका निबार्ह गर्दै पालिकालाई नमुना बनाउन महत्वपूर्ण भुमिका निर्बाह गर्नु भयो । निकै ईमान्दार, कर्मठ तथा मिहिनेती प्रशासकिय अधिकृत पाैडेलले आफ्नो कार्यकालमा इमान्दारीपुर्वक र मिहिनेतसाँथ काम गरेको बताउदै वहाँलाई गाउँपालिका र सरावल गाउँवासीको तर्फबाट हार्दिक अाभार प्रकट गर्दै पदीय मर्यादालाई ख्याल गर्दै आफ्नो क्षमताले भ्याएसम्मको सेवा प्रदान गर्नुभएकोमा धन्यवाद दिदै भावी जीवन अझ सुखमय र उपलब्धीले भरियोस भनि शुभकामना ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले पाैडेलको सरुवाले परिवारबाट सदस्य छुटे जस्तै अनुभव भएको बताउदै गाउँपालिका एैतिहासि कामगरेकोमा प्रसंसा गर्नु भयो ।प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई गर्दा अत्यन्तै दुख लागेको उपाध्यक्ष रायले भाबुक हुदै भन्नु भयो । ‘कसरी बिदाई भनौ साह्रै गाह्रो भयो । पालिकालाई कसरी राम्रो बनाउने भन्ने सोचनु भयो उहाँलाई सफलताको शुभकामना ।

कार्यक्रममा बिदाई गरिएका कार्यकारी अधिकृत पाैडेलले गाउँपालिका वासीको सहयोगको प्रशंसा गरेका थिए । सबै गाउँपालिका वासीलाई आफनै परिवारको सदस्य मानि कामगर्दा बिशेष वहाँ बिपन्न परिवार,पछाडि परेका समुदायलाई बढि ध्यानमा राखे ।आफु जहाँ गएपनि नागरिकको हितमा काम गर्ने भएकाले सम्पुर्ण जनप्रतिनिधी, राजनितिक दल, संचारकर्मी, कर्मचारी स्थानिय लगायतको ठुलो सहयोग पाएको उहाँले बताउनुभयो । सबैलाई समान ब्यवहार गर्ने पाैडेलले बिछोडमा भावुक हुदै गाउँबासीले दिइएको माया र ममताकाे सम्मान गर्दै धन्यवाद दिनुभएको हाे।

त्यस्तै नव अागन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले स्थानीयको सहयोग र समन्वयमा सरावल गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । सामाजिक, आर्थिक र राजनैतिक दृष्टिकोणले महत्वपूर्ण यस गाउँपालिकामा कृषि क्षेत्र, पर्यटकीय क्षेत्र र औद्योगिक क्षेत्रको रुपमा सम्भावना बोकेको यस गाउँपालिकाको विकास र स्तरोन्नतीको लागि आफु सधैं लागिपर्ने बताउनुभयो । 
स्वागत तथा विदाई कार्यक्रममा वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्ष तथा कार्यपालिका पदाधिकारी लगाएत विभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

