Rashtriya Dainik

अन्नपूर्णा नन्द मिश्रा लगायत ५० जना नेकपा (एस)मा प्रवेश

कृष्णानगर।
नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) पछिल्लो समयमा कृष्णानगर भित्र सक्रिय हुँदै गएको छ।
स्थानीय तहको निर्वाचनको मिती तोकिएकोसंगै नेकपा(एस)को कृष्णानगर नगर अध्यक्ष इन्तेखाब अहमद खांको नेतृत्वमा राजनितिक क्रियाकलाप बढदै गएको छ।
कृष्णानगर नगरपालिका वड़ा नं.७ अजिगरामा अन्नपुर्ण नन्द मिश्र, करम हुसेन लगायत ५० जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा (एस)मा प्रवेश गरेको कृष्णानगर नगरअध्यक्ष खांले बताएका छन्।
पार्टीको सिद्धांत मन परेर नेकपा (एस) रोजेको अन्नपुर्ण नन्द मिश्रले बताउनु भयो।
विभिन्न पार्टी परित्याग गरि नेकपा(एस)मा प्रवेश गरेका सदस्यहरुलाई गोपनीयताको सपथ ग्रहण गराउदै पार्टीले बनाएको निती नियम भित्र रही इमानदारीपुर्वक जनताको हक हितको लागि काममा लाग्नु पर्ने सुझाव दिदै पार्टी प्रवेश गरेका सबै सदस्यहरुमा नगर अध्यक्ष खांले बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित