उमेश बि.क / नवलपरासी , २७ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कर्मचारी मिलन केन्द्रद्वारा फेरि भेटाैला कार्यक्रम सम्पन्न गरिएको छ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष नरेश काेहारकाे अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख अातिथ्यतामा कार्यक्रम गरिएको हाे ।
फेरि भेटाैला कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेललाई विदाई तथा सम्मान गरिएको हाे।

कार्यक्रममा शिक्षाशाखा प्रमुख तुलसी अधिकारी , कृषिशाखा प्रमुख कुलदिप मिश्र , पशुशाखा प्रमुख याम अर्याल , जिन्सिशाखा प्रमुख टंकनाथ ज्ञवाली ,याेजनाशाखा प्रमुख राजन बस्याल ,स्वास्थ्यशाखा सहसंयाेजक खेम खनाल लगाएतले प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलको काम गर्ने शैलीको प्रशंसा गर्दै कर्मचारीलाई दिइएको मायाप्रति हार्दिक अाभार प्रकट गर्दै पदीय मर्यादालाई ख्याल गर्दै आफ्नो क्षमताले भ्याएसम्मको सेवा प्रदान गर्नुभएकोमा धन्यवाद दिँदै भावी जीवन अझ सुखमय र उपलब्धीले भरियोस भनि शुभकामना ब्यक्त गर्नुभएको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

