Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा ४९ लाख भन्दा बढीको मालसामान भन्सार दाखिला

संजय कुशवाहा / नवलपरासी २७ माघ

पश्चिम नवलपरासी जिल्लाको बिभिन्न स्थानबाट करीब ४९ लाख १६ हजार २ सय ८५ रूपैयाँ मुल्य बराबर अवैध मालसामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी मातहत बोर्डर आउट पोष्ट र सुरक्षा वेशहरुबाट पश्चिम नवलपरासी जिल्लाका विभिन्न ठाउँमा खटिएको ड्युटी ,पैदल मोवाईल गस्ती ,चेकप्वाइन्ट तथा अन्य टोलिले माघ महिनामा अबैध रुपमा भन्सार छलि ओसार पसार गर्दै गरेको अवस्थामा ४९ लाख १६ हजार २ सय ८५ रूपैयाँ बराबरको मालसामान बरामद भएको हो ।

बरामद मालसामान आवश्यक कारबाहीको लागी राजश्व चुहावटको आशङ्कामा थप अनुसन्धान तथा दाखिलाको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल र महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित