Rashtriya Dainik

प्रमुख प्रशासकीय अधिकृत पाैडेललाई विदाई तथा सम्मान

उमेश बि.क / नवलपरासी , २७ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेललाई विदाई तथा सम्मान गरिएको छ।

सरावल खेलकुद संस्थाकाे अायाेजनामा संस्थाका अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा एवं उपाध्यक्ष उत्तमा रायकाे विशिष्ट अातिथ्यतामा विदाई तथा सम्मान गरिएको हाे।

विदाई तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलको काम गर्ने शैलीको प्रशंसा गर्दै पालिकामा विकास तिव्र गतीमा बढीरहेको बताउनुभएको थियाे।

त्यस्तै उपाध्यक्ष उत्तमा रायले प्रमुख प्रशासकीय अधिकृतको रुपमा पाैडेलको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पालिका सभापति बिनाेद कुमार पाण्डेय, अधिवक्ता मित्रलाल लामिछाने ,अन्तरपार्टी महिला सन्जाल अध्यक्ष मिना चाैधरी ,वडा नम्बर २ कार्यवाहक अध्यक्ष नरेन्द्र चाैधरी ,वडा नम्बर ३ अणेन्द्र नाथ राय, सरावल खेलकुद संस्था सचिव दिपक क्षेत्री ,राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक उमेश बि.क लगाएतले प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले पालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि पाैडेलको योगदान अतुलनीय रहेको बताउनुभयो ।

त्यस्तै कालिका सम्बाद केन्द्र र विभिन्न संघ संस्थाकाे संयुक्त अायाेजनामा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेललाई विदाई तथा सम्मान गरिएको छ।

कालिका सम्बाद केन्द्रका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता तथा प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख अातिथ्यतामा विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हाे।

कार्यक्रममा सरावल वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानी , वडा नम्बर ६ वडा अध्यक्ष कैलास यादव , वडा नम्बर ७ वडा अध्यक्ष हेयात खाँ , नेपाली काङ्ग्रेस सरावल सभापति बिनाेद कुमार पाण्डेय, नेपाली काङ्ग्रेस वडा नम्बर ४ सभापति जन्मेजय यादव , समाजसेवी बालमुकुन्द चाैधरी , दुर्गा बि.क , सन्दिप बि.क , समाजसेवी उमेश बि.क लगाएतकाे बक्ताले निकै ईमान्दार, कर्मठ तथा मिहेनेती प्रशासकिय अधिकृत बुद्ध प्रकाश पाैडेलले आफ्नो कार्यकालमा इमान्दारीपुर्वक र मिहनेतसाँथ काम गरेको प्रशंसा ब्यक्त गर्दै भावी जीवन अझ सुखमय र उपलब्धीले भरियोस भनि शुभकामना ब्यक्त गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित