Rashtriya Dainik

सियारीमा स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक प्रगति समिक्षा

तुलसीराम पौडेल —
सियारी, माघ २७

रुपन्देहीको सियारी गाउपालिकामा पालिका स्तरीय स्वास्थ्य कार्यकमहरुको अर्धवार्षिक प्रगति समिक्षा तथा योजना गोष्ठी बिहिवार सम्पन्न भयो। सियारी गाउपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य सस्थाहरुका प्रमुखहरू सहभागी भएको उक्त समिक्षा कार्यक्रममा गाउपालिका अन्तरगत गरिएका स्वास्थ्य गतिविधिको प्रगति एव भावी योजनाको बारेमा छलफल गरिएको थियोे ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले सियारीका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच होस भन्ने उद्देश्यले गाउपालिकाले स्वास्थ्यमा धेरै लगानी गरेको बताउनु भयो। स्वस्थ्य बच्चा जन्माउनको लागि एवं कुपोषणबाट बचाउनको लागि स्वास्थ्यकर्मी ,जनप्रतिनिधि एवं सम्बन्धि सरोकारवाला सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सियारी गाउपालिकामा गाउपालिकाको तर्फबाट पश्चिम् अमवा हेल्थपोस्टबाट दुई जना स्टाफ नर्स र एक जना डाक्टर सहितको स्वास्थ्य सेवा संचालन भैरहेको छ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईको अध्यक्षता ,गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रशासन प्रमुख चिरञ्जीवी गौतम ,मेडिकल अधिकृत डा सागर न्यौपाने लगायतले मन्तव्य दिनु भएको थियोे ।
कार्यक्रमको संचालन स्वास्थ शाखा प्रमुख बुद्धि बहादुर घर्तिले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित