ज्ञानेश्वर सहानी /नवलपरासी/ २७ माघ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १७ देवगाउँको स्वास्थ्य चौकीमा “नगरबासीको सरोकार स्वच्छ, पारदर्शी, विकासमुखी स्थानीय सरकार ” भने मुल नाराकाे साथ सुनौलो हजार दिनका गर्भवती महिला तथा बालबालिकाहरूलाई पोषण सहितको झाेला वितरण कार्यक्रम समपन्न भएको छ l

रामग्राम नगरपालिका वडा नं १७ को कार्यालाको आयोजनामा वडा नं १७ का वडा अध्यक्ष जित बहादुर गोसाईको अध्यक्षतामा सुनौलो हजारका गर्भवती महिला तथा बालबालिकाहरूलाई पोषण सहितको झाेला वितरण गरिएको हाे।
वडा अध्यक्ष गोसाईले आमा र बच्चाको स्वास्थ्यको लागि गर्भवती महिलाहरूलाई तथा बालबालिकाहरुलाई पोषण सहितको झाेला नियमित रूपमा वितरण गर्न जरुरी रहेको बताउनु भएको थियो । गर्भवती महिला तथा बालबालिकाहरुकाे स्वास्थ्य र गर्भ भएको बच्चाको स्वास्थ्यलाई ख्याल गर्नको लागि पोषण सहितको झाेला आवश्यक रहेको बताउनुभयो ।
१००० दिन पूरा भएका गर्भवती महिलाहरूलाई पोषण सहितको झाेला बितरण कार्यक्रम सुरु भएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाको हेल्थ असिस्टेन्ट सुरज गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा रामग्राम नगरपालिका वडा नं १७ का वडा सदस्य चित्रभान त्रिपाठी, प्रेम कुमारी चौधरी, रामदास कुर्मी , फुलिया हरिजन तथा देवगाउँ स्वास्थ्य चौकीका प्रमुख चन्द्र भवन यादव लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

