Rashtriya Dainik

नवलपरासीको प्रतापपुरमा सिलाई कटाई तालिम सम्पन्न

संजय कुशवाहा / नवलपरासी , २७ माघ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरामा महिलाहरूको लागि एडभान्स सिलाई कटाई सम्बन्धि ४५ दिने तालिम सम्पन्न भएको छ ।

जिल्ला अपांग खेलकुद संघ नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा तालिम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बच्चा रायको अध्यक्षाता तथा प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख अथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले यस्ता खालका स्वरोजगारमूलक ज्ञान र सीपले गाँउ टोलको मात्र नभएर सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पूग्ने बताउनुभयो । सीपको माध्यमले आयआर्जनसंगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने उल्लेख गर्दै तालिममा सिकेका सीपलाई भरपुर सदुपयोग गर्दै उद्यमशिलता तर्फ अग्रसर हुन आग्रह समेत गर्नुभयाे । साथै गाउँपालिकाबाट सिपमुलक तालिमलाई मुख्य प्रथामिकतामा राखेर अघि बढेको बताउँदै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै कोरोना महामारीको यो संकटमा नागरिकहरुलाई सजग र सचेत भई स्वस्थ रहन आग्रह समेत गर्नुभयाे ।

सिलाई कटाई तालिममा सहभागि महिलाहरूलाई टिका लगाई प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो ।

तालिममा सहभागी अंगीरा पालले यसअघि आफुहरुसित कुनै सीप नहुँदा दिनभरी त्यत्तिकै घरमा बसेर समय खेर फाल्ने गरेको तथा जुन दिनदेखि सिलाई कटाई सीप सिक्न थालेपछि आफु दिनरात कम्मर कसेर लागिपरेको बताईन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित