महेश सिंह सिरहा लहान २७ माघ – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा तालाबन्दी गरेका छन्। संघीय सरकार र स्थानीय सरकारले तोकिएको बमोजिम तलबको माग गर्दै बालबिकासका शिक्षिका र बिधालय कर्मचारीहरु आन्दोलित भएका छन्।
माघ १६ गतेदेखि नै गाउँपालिकाको अगाडीमा धारणा राख्दै आएका छन्।
उक्त गाउँपालिका अन्तर्गत आधारभुत र माबी गरी जम्मा १७ वटा बिधालय रहेका छन्।ऊनीहरुले स्थानीय तह बाट ७ हजार र संघीय सरकारबाट ८ हजार गरी जम्मा १५ हजार पाउनु पर्ने भन्दै आक्रोश हुँदै गाउँपालिकामा तलाबन्दी गरेका छन्।
पछिल्लो असोज ११ गते आन्दोलन गरेका थिए। माग अनुसारको तलब नपाउँदा ऊनीहरुले पटक पटक आन्दोलन गर्दै आएका छन्। स्थानीय सरकारले केही वास्ता नगरी उनीहरु निरन्तर आन्दोलन गर्दै आएका छन्।स्थानीय सरकार र संघीय सरकारले तोकिए बमोजिम तलब र सेवा सुबिधा नपाए सम्म आफू आन्दोलनमा रहने आन्दोलन समितिका अध्यक्ष राम कुमार यादवले बताए।
ऊनीहरुले संघीय सरकारले तोकेको रकम प्रति महिना ८ हजारको दरले आउँदै आएका थिए।पछिल्लो समय आन्दोलन गर्दा गाउँपालिकाले प्रति ब्यक्ती २५ सय रुपैयाँ थप गर्दिएको छु गाउँपालिकाको अध्यक्ष राम बलब साहले बताउनु भयो।
गाउँपालिका अध्यक्ष रामबलब साहका अनुसार सरकारले बजेट बिन्योजन गर्दा स्थानीय तहका पालिकाहरुलाई फ्साएको छ्। केन्द्रले जुन रकमको लागी निर्णय गरी गाउँपालिकामा ४ किसिमको बजेट दिन्छ यीनिहरुलाई पैसा भनेको सस्क्त बाट पाउने हो।
गाउँपालिकामा रकम अपुग रहेको भन्दै आफू पछिल्लो आन्दोलनमा गाउँसभाबाट २५ सय रुपैया प्रति शिक्षिकालाई थपगरी दिदै आएका छौँ। अब पालिकामा त्यो शिर्षकमा रमक नरहेको काहा बाट दिने उनले प्रष्ट पारेका थिए। तलाबन्दी गरोस् या धारणामा बसो पालिकामा रम नरहेको कहाँबाट दिने उनले बताए।
पालिकामा लगाएको तल्चा आन्दोलित पक्ष संग गाउँपालिका अध्यक्षले कुनै सम्झौता नगरी प्रहरी लगाएर तल्चा फुटाएको असन्तुष्ट रहेका बालबिकासका शिक्षिका र बिधालय कर्मचारी पक्षको आरोप रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

