तुलसीराम पौडेल —
रुपन्देही ,माघ २६
लुम्बिनी प्रदेश पश्चिम् नवलपरासीको सुनवल नगरपालिका -४ स्थित महाकवि नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानहरि अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ।अध्यक्ष अर्याल लगातार तेस्रो पटक पनि अध्यक्षको जिम्मेवारी प्राप्त गर्न सफल हुनुभएको हो।अध्यक्ष अर्यालले महाकवी देवकोटा माविलाई नमूना माविको रूपमा स्थापित गर्न सफल हुनुभएको थियोे ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सीता बसेल , तुलसी कुवर,विजय कुमार कर्माचार्य , ,प्रतिभा कार्की र शंकर प्रसाद नाउ सर्वसम्मत निर्वाचित भएका छन् । त्यसै गरि सुनवल -४ का वडा अध्यक्ष वीर बहादुर गुरुङ विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य रहनु भएको छ।
महाकवि नमूना माध्यमिक विद्यालय सुनवलमा कक्षा ११ र १२ तर्फ विज्ञान ,व्यवस्थापन ,कानुन ,मानविकी ,शिक्षा साथै प्राविधिक तर्फका विषयहरु पनि पढाइ हुदै आएको छ। महाकवि देवकोटा नमूना माविमा हाल २२ सय भन्दा बढी विद्यार्थीहरु अध्यन गरिरहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

