Rashtriya Dainik

आउने चुनावमा दलितको प्रतिनिधित्व बढाउन एक दिने अन्तरकृया

महेश सिंह /सिरहा लहान २६ माघ- दलित समुदायलाई प्रतिनिधित्व बढाउन एक दिने अभिमुखी कारण कार्यक्रम सम्पन्न भएको छ।दलित सरोकार मंच नेपालले आयोजना गरेको कार्यक्रममा दलित समुदायको विभिन्न पार्टीमा आवद्ध राजनीतिदलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

मिर्चैया नगरपालिका स्थित संचालनमा रहेको होटेल होलिडमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ्।आउने चुनावमा दिलित समुदायको प्रतिनिधित्व बढाउन उक्त कार्यक्रमको आयोजना गरेको गरेको दलित सरोकार मंच नेपालका कार्यकारी निदेशक भोला पासवानले जानकारी दिनु भयो।
पछिल्लो समयको निर्वाचनमा देशमा अरु समुदायको तुलनामा दलित समुदायबाट जनप्रतिनिधी निकै कम रहेको देखिन्छ।अब आउने चुनावमा तिनै तहको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वमा सहभागीता बढाउन जिल्ला स्तरीय कार्यक्रम गरेको हो।कार्यक्रममा दलित अगुवा र पत्रकारहरुको उल्लेखनीय सहभागीता रहेको कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार डा.बिजय मिश्रले गर्नु भएको आयोजकले जानकारी दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित