Rashtriya Dainik

डिअाईजीकाे नाममा घुमुवाद्वय तस्करहरुसंग रकम असुल्दै

कृष्ण यादव/वीरगंज ,२७ माघ
सशस्त्र प्रहरीका घुमुवाहरुले बारा जिल्ला भरि तस्करीको लाईन दिई अातंक मच्चाउदै हिडेको छन् ।
सिमा सिरक्षाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा बाराको मटिअार्व,जोतपुर,बसतपुर,तिलकुवा,कचौरवा,गोलागंज ,खजानी ,पथलवाघाट , सिम्रौगंढ, गोलागंज ,क्वोहिगोठी ,लगाएतका नाकाहरुवाट अहिले ठुलो मात्रामा तस्करी भईरहेको स्रोतले जनाएको छ।

बारा जिल्लावाट तस्करीको लाईन संचालनको सशस्त्र प्रहरी हेडक्वाटरको निर्देशन विपरीत बारा जिल्लामा सशस्त्र प्रहरी प्रमुख ..मगरले सशस्त्र प्रहरी बरिस्ठ हवल्दार .. साह र ..झा घुमुवा घुमुवा हो बताउदै तस्करहरुसंग रकम असुल्ने गरेको नाम नछाप्ने सर्तमा प्रत्येक्षदर्शीहरुले बताएका छन्।
सशस्त्र प्रहरीका यीद्वय घुमुवाहरुले एसपी र डिअाईजीको नाऊमा तस्करहरूलाई दर धमकाई गरि मोटो रकम असुली गरि सिमानाकामा रहेका बिअोपीहरुलाई डिअाईजीको मान्छेहो भन्ने लाईन खुल्लाउदै हिडेका छन्।

सशस्त्र प्रहरीकाद्वय घुमुवाहरुले बारा जिल्लाका विभिन्न नाकाहरुवाट तस्करी लाईन सुचारू गरि ब्रहमलुट मच्चाउदै अाएका छन्। यी द्वय घुमुवाहरुको कारणले गर्दा पुरै सशस्त्र प्रहरीको संगठनलाई बदनामनै गर्दे हिडेका छन्।

यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति नै अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित