Rashtriya Dainik

सरावलमा प्रधानाध्यापकहरूलाई कम्प्युटर तालिम सम्पन्न

उमश बि.क / नवलपरासी , २६ माघ

पश्चिम नवलपरासीको सरावल गाँउपालिका भित्रका प्रधानाध्यापकहरूलाई आधारभुत कम्प्युटर तालिम सम्पन्न भएकाे छ ।

सरावल गाउपालिका भित्रका २२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई महेन्द्र माध्यामिक विद्यालय सरावलमा माघ २ गतेदेखि तालिम सुरु भई अाज सम्पन्न भएकाे हाे ।

सरावल गाउँपालिकाकाे अायाेजना तथा काेलिय मिडिया एण्ड अाइटी सलुसन प्रा.लि का सन्चालक बेचु गाैडकाे अध्यक्षता तथा पालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष चाैधरीले अहिलेकाे सुचना तथा प्रविधिकाे समयमा विद्यालयहरूलाई प्रविधि मैत्री बनाउन साथै अब गरिने कामहरू कम्प्युटरकाे प्रयाेगबाट गर्नकाे लागि सहयाेग पुर्याउने उदेश्यले याे तालिम आयाेजना गरिएकाे जानकारि गराउनु भयाे ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले आजकाे प्रविधिकाे समयमा यस्ता तालिमले प्रधानाध्यापकहरूलाई निकै फाईदाजनक रहेकाेले धेरैकामहरू सजिलै संग गर्न सकिने साथै यहाँ सिकेका कुराहरूलाई दैनिक प्रयाेग गर्ने बताउनु भयाे ।

कार्यक्रममा बुद्ध ज्याेति प्रा.वि का प्रधानाध्यापक बिनाेद पाण्डेयले विद्यालयकाे प्रशासनिक काम डिजिटल तरिकाले गर्न सकिने कुरा सिक्न पाउँदा निकै उत्साहपुर्ण तरिकाले सिकेकाे बताउनु भयाे ।

तालिमका प्रशिक्षण ज्ञानेश्वर गाैडले गर्नुभएको थियो भने समापन कार्यक्रमको संञ्चालन पत्रकार सद्दाम हुसेनले गर्नु भएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित