Rashtriya Dainik

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा मास्क , फेसफिल्ड हस्तान्तरण

उमेश बि.क / नवलपरासी , २६ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई हिन्दु स्वयंसेवक संघ नेपालद्वारा मास्क , फेसफिल्ड हस्तान्तरण गरिएको छ।

हिन्दु स्वयंसेवक संघ सरावल पालिका संघचालक अशाेक कुमार पाण्डेयकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा मास्क , फेसफिल्ड हस्तान्तरण गरिएको हाे।

कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला यस प्रकारको काम गरेर सजग रहन र शतर्क रहनका लागि सचेतना संदेश सहित मास्क र फेसफिल्ड हस्तान्तरण गरिएको हिन्दु स्वयंसेवक संघ नेपालका भैरहवा बिभाग प्रभार प्रमुख देशबन्दु यादवले जानकारी दिनुभएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले काेभिड १९ काे असरबाट वच्न तथा समुदायमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री दिइएकोमा धन्यवाद ब्यक्त गर्नुभएको हाे। कोरोनाको कहरमा जतिखेर र जति बेला जुनसुकै समयमा फ्रन्ट लाइनमा बसेर कार्य गर्ने स्वास्थ्यकर्मीहरुलाई मध्यनजर गर्दै सहयोग गरिएको स्वास्थ्य सामग्रीबाट स्वास्थ्य संस्थाहरुलाई विभिन्न कार्य गर्न सहज हुने हुदा हिन्दु स्वयंसेवक संघ नेपाललाई सरावल गाउँपालिकाका अध्यक्ष चाैधरीले धन्यवाद व्यक्त गर्नुभएको थियाे।

मास्क , फेसफिल्ड हस्तान्तरणमा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल ,स्वास्थ्यशाखा पुमुख अाेम नरायण देवकोटा ,राष्ट्रिय श्रमिक संघ नेपालको जिल्ला उपाध्यक्ष अनिल कुमार अग्रहरी,हिन्दु स्वयंसेवक संघ नेपाल नवलपरासीको विद्यार्थी विस्तारक सुबास चाैधरी लगाएतकाे उपस्थित रहेको थियोे ।

मास्क , फेसफिल्ड हस्तान्तरण नवलपरासीको सम्पुर्ण स्वास्थ्यशाखा तथा सुरक्षाकर्मीलाई हस्तान्तरण गरिने लक्ष्य रहेको हिन्दु स्वयंसेवक संघ नेपालका भैरहवा बिभाग प्रभार प्रमुख देशबन्दु यादवले जानकारी दिनुभएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित