Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद

उमेश दुबे
बारा, २५ माघ / नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा लागू औषध गाजा सशस्त्र प्रहरीले बरामद गरेको छ । बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले भारी मात्रामा लागू औषध गाजा बरामद गर्न सफल भएको हो ।

बिशेष सूचना आउनसाथ डिआइजी गणेश ठाडा मगरको निर्देशनमा खटिएको स्कवाड टोलिले लागू औषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मङ्गलवार राती करिब १०:३० बजेको समयमा खटिएको सशस्त्र प्रहरीको टोलिले लागू औषध गाजा बरामद गरेको हो ।

बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुलवा खेतको नहर सडकबाट लागू औषध गाजा १ सय १२ किलोग्राम बरामद गरिएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । बिशेष सूचनाको अधारमा खटिएको स्कवाड टोलिलाइ हेर्नसाथ तस्करहरू फरार भएपनी लागू औषध गाजा बरामद गर्न सफल भएको, उनले बताए । बरामद गरिएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित