कृष्ण यादव /वीरगंज २३ माघ
बाराका जिल्लाको विभिन्न नाकाहरुवाट व्यापक रुपमा तस्करी शुरु भएको जानकारी प्राप्त भएको छ।
सिमा सिरक्षाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी को मिलोमतोमा बाराको मटिअार्वा ,जोतपुर,बसतपुर,तिलकुवा,कचौरवा,गोलागंज ,खजानी , पथलवाघाट , सिम्रौगंढ, गोलागंज ,क्वोहिगोठी ,लगाएतका नाकाहरुवाट अहिले ठुलो मात्रामा तस्करी भईरहेको स्रोतले जनाएको छ।
बारा जिल्लावाट तस्करीको लाईन संचालनको लागि सशस्त्र प्रहरी हेडक्वाटरको निर्देशन विपरीत बारा जिल्लामा सशस्त्र प्रहरी बरिस्ठ हवल्दार ….साह र …झालाई घुमुवा परिचालन गरि तस्करहरु संग रकम असुल्ने गरेको नाम नछाप्ने सर्तमा प्रत्येक्षदर्शीहरुले बताएका छन्।
सशस्त्र प्रहरीकाद्वय घुमुवाहरुले बारा जिल्लाका विभिन्न नाकाहरुवाट तस्करी लाईन सुचारू गरि ब्रहमलुट मच्चाउदै अाएका छन्।यी द्वय घुमुवाहरुको कारणले गर्दा पुरै सशस्त्र प्रहरीको संगठनलाई बदनामनै गर्दे हिडेका छन्।
यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति नै अावशयक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

