तुलसीराम पौडेल —
सियारी, माघ २३
रुपन्देहीको सियारी गाउपालिका -६ स्थित वार्ड स्तरीय टोल सुधार समितिको आयोजना एवं सियारी गाउपालिकाको आर्थिक सहयोगमा एक महिने चप्पल निर्माण तालिम सोमबार सम्पन्न भयो।सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले तालिममा सिकेको सिपलाई उत्पादन मुखी बनाउनु पर्नेमा जोड दिनु भयो।
तालिमको सहजीकरण प्रशिक्षक अवधरानी चौधरीले गर्नुभएको थियो । 
वाड स्तरीय टोल सुधार समितिका अध्यक्ष बिष्णु माया क्षेत्रीको अध्यक्षता ,सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, गाउपालिका उपाध्यक्ष अमृता गुरुङको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,वडा सदस्य सन्त बहादुर कुवर ,गाउपालिका खेलकुद समितिका संयोजक प्रकाश रेग्मी , तालिमका सहभागी देविमाया क्षेत्री ,चुरीमाया गुरुङ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
वार्ड स्तरीय टोल सुधार समितिका उपाध्यक्ष कमला सापकोटाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सरस्वती भट्टराईले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

