Rashtriya Dainik

चुनाव गराउन तयार छाैँ : निर्वाचन आयाेग

माघ २४, काठमाण्डाै – निर्वाचन आयोगले स्थानीय तहको चुनावकाे तयारी भाेलि मङ्गलवारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा चुनाव गर्न/गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले वर्षभर चुनावसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयारी नै रहेको बताउँदै उहाँले कानुनअनुसार निर्णय गरी भाेलिदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिनुभयो । आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका लागि गृहकार्यका साथै चुनावका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ । साथै चुनावका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जुमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्नेछ ।

सरकारले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने गरी आजै मिति घोषणा गरिसकेको छ । केही दिनअघि मितिका सन्दर्भमा परामर्श दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव तयारीका लागि प्रक्रिया अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै चुनावलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन गृह मन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित