Rashtriya Dainik

अाज राेज डे : रोज डे किन मनाइन्छ ? यस्ता छन् महत्व र विशेषता

आजबाट प्रेमीप्रमिकाहरूको लागि सुखद सप्ताह अर्थात् भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । आज पहिलो दिन रोज डे । रोज डेको दिन आफ्ना प्रेमी वा प्रेमिकालाई तथा मन पराइएको व्यक्ति(क्रस)लाई प्रेम दर्शाउन गुलाबको फूल दिने गरिन्छ ।

आजकाे दिनबाट सात दिनसम्म आफ्ना प्रेमी/प्रेमिकालाई दिनहुँजस्ताे विभिन्न तरिकाले प्रेम दर्शाउने गरिन्छ । काठमाडौं उपत्यकासहित देशका ठुला सहरहरूमा गुलाफको बिक्री बढेको छ ।

काठमाडौंको पेटीहरूमा गुलाफ किन्नेहरू देखिन्छन् भने पोखरा, धरान, नारायणगढ लगायत सहरहरूमा पनि गुलाफको खपत बढेको छ ।

किन मनाइन्छ रोज डे ?

रोज डेमा, मानिसहरूले आफ्नो मनपर्ने मानिससँग आफ्नो प्रेम व्यक्त गर्छन् । गुलाफको फूललाई आफ्नो भावना व्यक्त गर्ने प्रतीककाे रूपमा मानिन्छ । इतिहास अनुसार मुगल बेगम नूरजहाँलाई उनको पतिले रातो गुलाफ दिइएको मानिन्छ । उनलाई त्यो रातो गुलाफ धेरै मन परेपछि उनका पतिले नूरजहाँको मन खुसी पार्न हरेक दिन उनको दरबारमा ताजा गुलाफ पठाउने गर्थे ।

अर्को विश्वास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो । भिक्टोरियन र रोमनियनहरूले पनि गुलाफको साथ आफ्नो प्रेम व्यक्त गर्थे ।

विभिन्न रङका गुलाफहरूले फरक-फरक अर्थ राख्ने गर्दछन् । रोज डेको दिन आज हामी गुलाफका रङका विशेषताको बारेमा चर्चा गर्छौं ।

रातो गुलाब : रातो गुलाब प्रेम, जोश र भावनासँग सम्बन्धित छ । रातो गुलाफको विशेषता यो हो कि यसलाई दिएर अगाडिको मान्छेलाई आफूले आफ्नाेजस्तो महसुस गराउने हो ।

पहेंलो गुलाब : पहेंलो गुलाफलाई मित्रताको प्रतीक मानिन्छ । यदि तपाईं आफ्ना साथीहरूलाई माया गर्नुहुन्छ भनी बताउन चाहनुहुन्छ भने तपाईंले तिनीहरूलाई पहेंलो गुलाब दिन सक्नुहुन्छ । पहेंलो रङले खुसी र राम्रो स्वास्थ्यको पनि प्रतीक हुन्छ ।

सेतो गुलाब : सेतो गुलाब तब दिइन्छ जब तपाई कसैसँग धेरै झगडा गर्नुभयो तर, अब तपाईं सबै कुरा भुलेर नयाँ तरिकाले आफ्नो सम्बन्ध सुरु गर्न चाहनुहुन्छ । यसबाहेक सेतो गुलाबलाई शान्तिको प्रतीक पनि मानिन्छ ।

गुलाबी गुलाब : भ्यालेन्टाइन डे केवल जोडीहरूको लागि मात्र होइन । तपाईं पनि आफ्नो आमाबाबुसँग यो सप्ताह मनाउन सक्नुहुन्छ । यस्तो अवस्थामा, तपाईंले राेज डेकाे अवसरमा तिनीहरूलाई गुलाबी गुलाब दिन सक्नुहुन्छ । गुलाबी गुलाब कसैलाई धन्यवाद दिन पनि दिइन्छ ।

सुन्तला रङको गुलाब : यो गुलाबी रंग जोशको प्रतीक हो । यसले उत्साह, इच्छा देखाउँछ । दम्पतीहरूले आफ्नो प्रेममा जोश र उत्साहको प्रतीक सुन्तला रङकाे गुलाफ दिन सक्छन्

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित