उमेश दुबे
बारा, २४ माघ / नेपाल र भारतको सीमा हुँदै अबैध तरिकाले भित्रिएको ७ गोटा भैंसी सहित एक जना तस्करलाइ बारा प्रहरीले नियन्त्रणमा लिएको छ । सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अबैध तरिकाले नेपाल भित्रिएको भैंसी इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो ।
आइतवार राती करीब १२ बजेको समयमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलिले भारतबाट अबैध तरिकाले नेपाल भित्रयाएको ७ गोटा भैंसी सहित तस्करलाइ पक्राउ गर्न सफल भएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाको ठाडो निर्देशनमा गण्डक नजिकै पतन्जलीबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ७ गोटा भैंसी सहित बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर २ छतवा बरैनिया बस्ने ५२ बर्सिय सुखाडी राउत अहिरलाइ पक्राउ गरिएको प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार राती करीब १२ बजेको समयमा पक्राउ गरिएको भैंसी सहित तस्कर सुखाडी राउत अहिरलाई अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय बुझाउने तयारी गरेको बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

