Rashtriya Dainik

संचारकर्मी खान र व्यापारी नसरुल्लाहको पहलमा निशुल्क आंखा जाच शिविर बकौलीमा

कृष्णानगर/कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर‌ नगरपालिका वड़ा १०को श्री राष्ट्र सेवक आधारभूत (१-५) विद्यालय बकौलीमा भोली माघ २५ गते मंगलवारका दिन निशुल्क आंखा जाचं शिवीर हुन गई रहेको छ।

संचारक्रमी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा निशुल्क आंखा जाचं शिवीर हुने छ l

आंखा जाचंको क्रममा छनौट भएका मोतियाबिंद विरामीहरुलाई छन्द(कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजमा माघ २६ गते लैजाने व्यवस्था र निशुल्क आप्रेशन गर्ने कार्य अस्पतालले गर्नेछ भने आवश्यकता अनुसार नजिकको चश्मा लाग्ने बिरामीलाई नि:शुल्क चश्मा पनि उपलब्ध गराउने कुरा छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल प्रशासनले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित