परासी, २४ माघ। लुम्बिनी प्रदेश सरकारको शिक्षा मन्त्रालयले बजेट बाडफाडमा सुन्नी मुस्लिम समुदाय सङ भेदभाव गरेको भन्दै आपत्ति जनाइएको छ। शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले मदरसा(धार्मिक विद्यालय) लाई बजेट बितरणमा सुन्नी समुदायका मदरसाहरुलाई उपेक्षा गरेकोमा आइतबार राष्ट्रिय ओल्मा काउन्सिल नेपालले परासीमा पत्रकार सम्मेलन मार्फत बिरोध जनाएको हो।
शिक्षा मन्त्री बसिउद्दिन खानले वहाबी लगायत समुदायका मदरसा तथा मस्जिदमा बढी बजेट दिएको र सुन्नीका केही मदरसामा मात्र बजेट हालेकोले उनी सुन्नी समुदाय सङ भेदभाव गरेको भन्दै पत्रकार सम्मेलन मार्फत काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसैन मियाले बिरोध जनाएका हुन।
अध्यक्ष मियाका अनुसार नवलपरासीमा मात्र ४२ वटा सुन्नीका मदरसा छ तर जिल्लाको एउटा मदरसालाई मात्र बजेट परेको बताउदै यस्तै रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका सुन्नी मदरसा मस्जिदलाई भेदभाव गर्दै बजेट नपारेको आरोप लगाउदै आपत्ति जनाएका हुन।
मुस्लिम समुदायमा सुन्नी, वहाबी, सल्फी, कादयानी, देवबन्दी, सिया, नजदी लगायत ७२ वटा समूहहरु छन तर नेपालमा सुन्नी र वहाबी देवबन्दी समुहको बसोबास बढी रहेको अध्यक्ष मियाले जानकारी दिदै नेपालमा करिब ८० प्रतिशत सुन्नी समुहको बसोबास रहेको जानकारी दिनु भयो।
नवलपरासी सहित प्रदेशका १२ जिल्लामा गरि सुन्नी समुहको बढी बसोबास रहेपने शिक्षा मन्त्री खानले यश समुहका मदरसामा शैक्षिक गुणस्तर, आवश्यक भवन, मौलाना शिक्षक दरबन्दी र अनुदान लगायतका आवश्यक बजेट नदिएको प्रती काउन्सिलले आपत्ति ब्यक्त गर्दै यसलाई समायोजन नगरे बिरोध प्रदर्शन गर्ने चेतावनी दिनु भयो।
त्यस्तै सम्मेलनमा फैजाने अहले बैतका सल्लाहकार मुस्लिम नेता हैदर अलि मोमिनले पनि यो भेदभाव लामो समयदेखि चल्दै आएकोले यसको सुधार तर्फ सम्बन्धित निकायको ध्यान पुग्न आवस्यक रहेको जानकारी दिनु भयो। अहिले मदरसाहरु पनि शिक्षाको मुलधारमा आइ नेपाली पाठ्यक्रम अनुसार अध्यापन भैरहेको हुँदा बजेट बितरणमा विभेद किन भनी मोमिनले सम्मेलन मार्फत प्रश्न राख्नु भयो।
पत्रकार सम्मेलनमा सुन्नी मदरसाहरुलाई पनि प्राथमिकतामा राखी पुनः बजेट बितरण गर्न काउन्सिलले जोडदार माग गरेको छ। यदि यो संसोधन भएन भने चरणबद्ध आन्दोलन उत्रीने चेतावनी दिएको छ। सम्मेलनमा काउन्सिलका सदस्य मौलाना सेराज अहमद, मौलाना उमर निजामी, जिल्ला अध्यक्ष अमानुलाह निजामी, मौलाना सैयद सद्दाम हुसैन लगायतको उपस्थिती रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

