महेश सिंह /सिरहा माघ २४ गते – सिरहाको लहान नगरपालिका ७ स्थित संचालनमा रहेको ओम पोलिकिल्निक एन्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सिपट भएको छ। बिगत ५ बर्ष देखि लहानमा स्वास्थ सेवा दिदै आएका थिए।
उक्त किल्निकले ५ पाँचौ बर्ष पुरा गरी ६ ठऔं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा पुरानो ठाँउबाट नयाँ सुबिधा सम्पन्न ठाउँमा सारेको प्रमुख डा.ओम प्रकाश चौधरीले जानकारी दिनु भयो।
संचालन भएको समय देखी निरन्तर सेवा प्रदान गर्दै आएका छन। दर्जनौं विशेषज्ञ डाक्टरहरुको टिमले सबै किसिमको बिरामीहरुको जाँच गर्ने गरेका छन्। सिरहा जिल्लामा संचालनमा रहेको धेरै किल्निकहरुको तुलनामा उक्त किल्निकले बिश्वासनिय स्वास्थय उपचार संगै परामर्श समेत दिने गरेको छ।स्थानीय डा.ओम प्रकाश चौधरीले हाड जोर्नी नशा तथा ट्रमा सर्जन समेत रहनु भएको छ्।बाकी काम गर्नु भन्दा आफ्नै समाजमा सेवाको भावनाले उक्त स्वास्थय संस्थाको स्थापना गरेको हो।
उक्त संस्थाले सल्यक्रिया तथा ल्याप्रोस्कोपिक सर्जन डा.सैलेन्द्र साह,फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.कृष्ण कुमार साह,डाईबिटीज,थाइराईड तथा हर्मोन रोग विशेषज्ञ डा.सितेश कुमार गोईत,महिला तथा प्रसुती रोग विशेषज्ञ डा.गिता यादव,जेनरल फिजिसियन डा.मनोज सुबेदी,नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.अभय चन्द्र यादव,छाला यौन तथा कुष्ठ रोग भिभाग लगायतका डाक्टरहरुको सेवा ओम पोलिकिल्निक एन्ड अर्थो केयर सेन्टरमा प्रदान गर्ने गरेको छ।

एक बृहत कार्यक्रमको आयोजना गरी उत्सव मनाई नयाँ भवनमा सारेको छ्। लहान नगरपालिकाको वाडा नम्बर ७ का वाडा अध्यक्ष राकेश रोशन गुप्ताको र वाडा नम्बर ८ का अध्यक्ष बिजय महतो र नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष दिनेश्वर गुप्ता,बर्तमान अध्यक्ष मनोज बनैता, सरगम एफको संचालक र प्रबन्धक फिरोज शेख, गोरखा पत्रकारका लहान सम्बादाता जिबछ उदासी लगायतका उल्लेखनीय उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

