उमेश बि.क / नवलपरासी , २४ माघ
भारतीय रेलबाट एक नेपालीकाे मृत्यु भएको छ ।
मृत्युु हुनेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ६ हरपुर बस्ने बर्ष ३४ काे श्रीनिवास कोईरी रहेका छन ।

आईतवार साझ करिब ३ बजे भारतकाे उत्तर प्रदेशकाे नरकटियागन्ज मुख्य रेलमार्गकाे सिसवा घुघलीकाे बिच बंदीढालाकाे नजिक डाउन एक्सप्रेस रेलबाट दुर्घटना भई कोईरीकाे मृत्यु भएको हाे ।

प्राप्त जानकारी अनुसार भारतको काेठिभार थाना क्षेत्र स्थित बंदीढालाहुदै गाेरखपुरबाट मुजप्परपुर जादै गरेको १९०३७ नम्बरको अवध एक्सप्रेसकाे रेल मार्गमा हामफाली काेइरी अात्महत्या गरेको बताइएको छ ।
कोईरीको शव अहिले पोस्टमार्टमका लागि भारतको महराजगंज जिल्ला अस्पतालमा राखिएको मृत्कका परिवारले जनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

