तुलसीराम पौडेल —
सियारी, माघ २४
वसन्त पन्चमीको अवसरमा सियारी गाउपालिका -४ छपियामा १५ बेडको अस्पतालको शिलान्यास भएको छ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले आइतबार उक्त अस्पतालको शिलान्यास गर्नु भएको थियो । प्रत्येक गाउपालिकामा १५ बेडको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीति अनुरुप सियारी गाउपालिकामा स्वीकृत भएपछि अस्पतालको शिलान्यास गरिएको गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले बताउनु भयो ।अस्पताल निर्माणको लागि २७ करोड इस्टिमेट गरिएको भएपनी २३ करोडमा टेण्डर भएको अध्यक्ष अयोध्याले बताउनु भयो । उक्त अस्पताल निर्माणको लागि केन्द्रिय सरकारबाट १८ करोड ६ लाख विनियोजन भएको र बाकी रकम गाउपालिकाले व्यवस्थापन गर्ने गाउपालिका अध्यक्ष अयोध्या थारुको भनाइ थियोे । अस्पताल २१७ फुट लम्बाइ १०७ फुट चौडाइ भएको भवनको हुने उहाले बताउनु भयो ।
अस्पताल शिलान्यास कार्यक्रममा गाउपालिका उपाध्यक्ष अमृता गुरुङ , प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई , लेखा शाखा प्रमुख नारायण पौडेल , गाउपालिका कार्यालय विभिन्न शाखा प्रमुखहरु , स्वास्थ्य शाखाका कर्मचारीहरु , वडा अध्यक्षहरु ,वडा सदस्यहरु ,समाजसेवी , विद्यार्थी , स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

