Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा कारागारका कैदीबन्दीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

उमेश बि.क / नवलपरासी ,२४ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले जिल्ला कारगारका कैदीबन्दिहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले पालिका अध्यक्ष राधेश्याम चाैधरीले मास्क र सेनिटाइजर लगायतका स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् । 

यस्तो विषम परिस्थितिमा आम नागरिकलाई कोभिड–१९ बाट बचाउन र संक्रमितलाइ उपचार सेवा प्रदान गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेका छन् । तर जिल्ला कारगारका कैदीबन्दीलाई सुरक्षित राख्न बाहिरी संघ–संस्थाहरुबाट सहयोग हुन नसकेको बेला कैदीबन्दीलाई मध्यनजर राख्दै पालिका अध्यक्ष चाैधरीले ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित