Rashtriya Dainik

प्रतापपुरमा विभिन्न पार्टी परित्याग गरि २५ जना नेकपा एमालेमा प्रवेश

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ माघ

पश्चिम नवलपरासीको प्रतापपुरमा विभिन्न पार्टी परित्याग गरि २५ जना नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले प्रतापपुर गाउपालिका वडा नम्बर ९ काे आयाेजनामा पार्टि प्रवेश कार्यक्रममा उक्त ब्यक्तिहरु पार्टी प्रवेश गरेका हुन ।

प्रतापपुर ९ का वडा अध्यक्ष लालधारी चाैधरीकाे अध्यक्षता र नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र अधिकारीकाे प्रमुख आतिथ्यमा अठलहीका युवा समाजसेवि धिरज कुर्मिकाे नेतृत्वमा २५ जना सक्रिय युवाहरु विभिन्न पार्टि परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन ।

साे पार्टि प्रवेश कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य जय किशुन चाैधरी , जय गाेविन्द यादव , अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमाले जिल्ला सदस्य सुसान्त शर्मा घिमिरे , राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष तथा नेकपा एमाले जिल्ला सदस्य युवराज डुम्रे , नेकपा एमाले नेता महातम हरिजन , खेम नारायण गुराै लगायत नेताहरुकाे शुभकामना मन्तव्य सहित नवअागन्तुकलाई स्वागत गरेका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित