उमेश बि.क / नवलपरासी ,२२ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ भिमटाडिमा अवस्थित नेपाल रेडक्रस साेसाइटी बालपुरी उपशाखाद्वारा कम्बल र मास्क वितरण गरिएको छ।

नेपाल रेडक्रस साेसाइटी बालपुरी उपशाखाकाे सभापति प्रदिप कुमार अग्रहरीकाे अध्यक्षतामा सुत्केरी महिला , जेष्ठ नागरिक तथा अति विपन्न परिवारकाे ब्यक्तिलाई कम्बल र मास्क वितरण गरिएको हाे।

कम्बल र मास्क वितरण गर्दै उपशाखाकाे सभापति अग्रहरीले चिसाे बढ्दैजादा सुत्केरी महिला , जेष्ठ नागरिक , अपाङ्गता भएको ब्यक्ति तथा अति विपन्न परिवारकाे ब्यक्तिलाई जाडो छल्न सहज हाेस भनी कम्मल र मास्क वितरण गरेको बताउदै अगामी दिनमा मानव सेवामा लागि रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे ।

त्यस्तै उपशाखाका काेषाध्यक्ष याम प्रसाद भुषालले रेडक्रसका कार्यसमिति सदस्यले टाेल टाेलमा गई स्थलगत निरीक्षण गरि ल्याएको नामकाे अधारमा कम्बल र मास्क वितरण भएको बताउदै अगामी दिनमा यस्तै सहयोग गर्ने बताउनु भएको हाे।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी बालपुरी उपशाखाकाे सदस्य उमाशंकर खरबिन्द ,दामाेदर देवकोटा ,रामानन्द हरिजन ,रुद्र नरायण राय ,बुद्ध ज्याेती प्राबि प्र.अ बिनाेद पाण्डेय ,वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्र राय, समुदाय स्तरीय बिपद ब्यवस्थापन समिति लुम्बिनी प्रदेश सचिव उमेश बि.क लगाएको सहभागीता रहेको थियाे।

कम्बल र मास्क सरावल वडा नम्बर १ देखि ४ सम्मकाे सुत्केरी महिला , जेष्ठ नागरिक तथा अति विपन्न ६० जनालाई वितरण गरिने लक्ष्य रहेको उपशाखाकाे सभापति प्रदिप कुमार अग्रहरीले जानकारी दिनुभएको हाे।

प्रति ब्यक्तिलाई ८ वटा कपडाको मास्क , १ वटा कम्बल र काेभिड १९ सम्बन्धि बच्नकाे लागि सचेतनामुलक पम्पलेट वितरण भइरहेको सभापति अग्रहरीले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

