Rashtriya Dainik

समाचारको प्रभाव : लागू औषध गाजा सहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा, भ्रष्ट प्रहरीलाई कारवाही भएन

उमेश दुबे
महोतरी, २२ माघ / महोतरी जिल्लाबाट प्रहरीकै मिलोमतोमा भइरहेको लागू औषध कारोबारको बिषयमा समाचार उजागर हुनासाथ नेपाल प्रहरीले लागू औषध गाजा सहित पिकअप भ्यान नियन्त्रणमा लिन सफल भएको छ । लागू औषध ब्यूरो बिरगंजबाट खटिएको प्रहरी टोलिले लागू औषध गाजा बोकेको पिकअप भ्यान महोतरी जिल्लाबाट नियन्त्रणमा लिन सफल भएको हो ।

मधेस प्रदेश प्रहरी कार्यालयबाट खटिएको सादा पोशक टोलिको मिलोमतोमा लागू औषध गाजाको कारोबार तिब्र रूपले बढेको बिषयमा समाचार उजागर भएको थियो । माघ २० गतेको दिन समाचार उजागर भए पश्चात् लागू औषध ब्यूरो कार्यालय बिरगंजबाट प्रहरी नायब निरीक्षक भरत पुडासैनीको कमान्डमा खटिएको टोलिले लागू औषध गाजा बोकेको पिकअप भ्यानलाइ नियन्त्रणमा लिन सफल भएका हुन ।

महतोरी जिल्लाको बर्दिवास नजिकैबाट लागू औषध गाजा ८६ किलो ३ सय ६५ ग्राम सहित नेपाली नम्बरको पुकअप भ्यान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बा १८ च ३९५५ नम्बरको पिकअप भ्यानमा लागू औषधको कारोबार भइरहेको बिशेष सूचनाको अधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । सिन्धुलीबाट बर्दिवासतर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक पुडासैनीले जानकारी दिनुभयो ।

लागू औषध गाजा सहित सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नम्बर ४ निवासी ३१ बर्सिय उमेश राणा मगरलाइ नियन्त्रणमा लिन सफल भएको प्रहरी नायब निरीक्षक भरत पुडासैनीले बताउनु भयो । पक्राउ गरिएको लागू औषध गाजा, पिकअप भ्यान सहित मगरलाइ अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाइएको जानकारी दिनुभयो ।

यता लागू औषध कारोबारलाई बढावा दिदै आएका प्रहरीलाई कारवाही समेत नगरिएको प्रष्ट हुन्छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएका प्रहरी सहायक निरीक्षक संजय पाश्वान र प्रहरी जवान राजेश यादवको मिलोमतो र सहयोग पाए पश्चात् महोतरी जिल्लाबाट लागू कारोबार फस्टाएको बिषयमा पटक पटक समाचार उजागर भएपनी कारवाही हुन नसकेको प्रहरी कारवाहीबाट प्रष्ट हुन्छ । समाचारको प्रभावले ठूलो सफलता हासिल भएपनी भ्रष्ट प्रहरी माथी कारवाही नहुनुले संगठन माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित