Rashtriya Dainik

दुर्गा महालिङ्ग मा.वि चाैका उच्च जाेखीममा पुस्तकालय पहिराले बगायाे

उत्तमकुमार थापा बझाङ
खप्तड छान्ना गाउँपालीकाकाे वडा नम्बर ४ बास्काटीयामा रहेको दुर्गा महालिङ्ग चाैका माध्यमिक विध्यालय उच्च जाेखीममा रहेकाे छ ।
विगत केही समय देखि आएको अविरल बर्षका कारण दुर्गा माध्यमिक विध्यालय उच्च जाेखीमा परेकाे हाे । कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय निकै जाेखीममा परेकाे ईश्वर प्रशाद जेशीले बताउनुभयो ।
दुर्गा महालिङ्ग माध्यामिक विद्यालयमा खप्तड छान्ना गाउँपालीका वडा नम्बर ४ नेटाकाटिया बर्म स्थल घर भएका हाल काठमाडौ बिशालनगर बस्ने पुर्व नेपाल सरकार सचिव बिष्णु प्रशाद खत्रिका नाति स्वर्गीय श्रेङ्स प्रशाद खत्रीकाे सम्झनामा श्रेङ्स पुस्तकालय बर्म स्थल चाैकामा स्थापना गरिएको थियाे ।
करिब २६ लाख बढी लगानीमा निर्माण गरिएको भवन बाढीले बगाई पछि निकै निरासामय शिक्षकहरुले भने हामी निकै दुखि भएका छाै । पछिल्लो समय सामाजिक विकास कार्यालय बझाङकाे आर्थिक सहयाेगमा एक ट्वायलेट र विद्यालयमा घेरवार कार्यक्रम सुरु गरेका छाै । अरु कुनै पनि स्थान बाट सहयाेग भएको छैन । जाेशीले भने हामी गाउँपालीकाले शिक्षामा लगानी गर्छ भन्ने पुर्ण आशामा रहेका छाै । सामाजिक विकास कार्यालय बझाङ बाट आएकाे बजेटको काम सञ्चालन भईरहेकाे छ ।
खप्तड छान्नाकाे उच्च स्थानमा रहेको पुस्तकालय बगाएकाे छ, । स्वर्गीय खत्रीको सम्झनामा बनाएको करिव ३ काेठे भवन र भित्र रहेको कमप्युटर टेस्टफ कुर्चि,लगाएतका सामाग्री बगाएको छ । तर यता सामाजिक कार्यालय बझाङले निकै चासाे दिएको छ । आगामी दिनमा खप्तड छान्नालाई प्राथमिकतामा राखेको र माथि बाट धेरै बजेटकाे आशा गरेको सामाजिक कार्यालय बझाङका प्रमुख वीर बहादुर धामीले बताए । प्रमुख धामी सँगै हामीले कुराकानी गर्दा उहाले भन्नू भयाे शिक्षा बिनाकाे जीवन अधुरो हुने भएको हुदा गुणस्तरीय शिक्षा आजकाे आवश्यकता लाई मध्यनजर गर्दै हातेमालो गरेर शिक्षामा सबैले लगानी गर्न अनुराेध गरिएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित